नेभिगेशन
अन्य

बाढीको कारण सुनसरीको जनजीवन प्रभावित

इनरुवा । सुनसरीको विभिन्न नदी खोलामा आएको बेमौसमी बाढीका कारण केही क्षेत्र डुबानमा परेको छ । बाढीको कारणले सुनसरीको ग्रामीण क्षेत्रको जनजीवन प्रभावित बनेको छ । जिल्लाको सुनसरी खोलामा रहेको एउटा बाँसको पुलसमेत बगाएको छ । बाँसको पुल बाढीले बगाएपछि जिल्लाको नरसिंह र रामनगरभुटाहा गरी दुई गाविसको सम्पर्कबिच्छेद भएको स्थानीयले बताएका छन् । नरसिंह र रामनगरभुटाहा जोड्ने सुनसरी खोलाको बाँसको पुल बुधबार मध्याह्न आएको बाढीले बगाएको कारण आवतजावत गर्न बन्द भएको छ । दुवै गाविसका बीचमा रहेको बाँसको पुल भाँच्चिएको र बगाएकाले सर्वसाधारणलाई आवतजावतमा समस्या भएको स्थानीय रवीन्द्र मण्डलले जानकारी दिए । सुनसरी खोलामा अचानक आएको बाढीले बाँसको पुल बगाएपछि स्थानीय १० किलोमिटरको दूरीको अर्को बाटो प्रयोग गर्न बाध्य भएको स्थानीय रामलोचन मण्डलले बताए । जिल्लाको बूढी खोला, गडन खोला, टेग्रा खोला, धानउष्णा खोला, सेउती खोला र सुनसरी खोलालगायतका आधा दर्जन खोलानाला र नदीमा बाढी आएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...