नेभिगेशन
अन्य

सातादिन यता क्रमश घट्दै परकम्पन

काठमाडौं । महाविनासकारी भुकम्पपछि पराकम्पन जानेक्रम नरोकिए पनि धेरै कमी आएको छ । राष्ट्रिय भुकम्प मापन केन्द्रका अनुसार हिजो बुधबार दुई वटा मात्र पराकम्पन गएको छ । विगत सात दिनमा ३५ पराकम्पन गएका छन् । केन्द्रका अनुसार ४ रेक्टोस्केलमाथिको बुधबार अपरान्ह २ बजेर ४७ मिनट जाँंदा ४ दशमलव ४ रेक्टोस्केलको र बिहान ११ बजेर १० मिनट जाँंदा ४ दशमलव २ रेक्टोस्केलको गरी दुई वटा मात्र पराकम्पन गएका थिए । त्यस अघि मंगलबार र सोमबार पनि तीन तीन पराकम्पन गएका थिए भने गत आइतबार पनि तीन वटा मात्र पराकम्पन गए । शनिबार भने एउटा ५ दशमलव ५ रेक्टोस्केल मापन गरिएको पराकम्पन गयो । त्यस दिन ४ रेक्टोस्केलमाथिका ९ वटा पराकम्पन गएका थिए । गत शुक्रबार पनि एउटा ५ दशमलव ५ रेक्टोस्केलसहित ५ वटा पराकम्पन गए । त्यस्तै ६ दिन अघि गत बिहीबार भने १० वटा पराकम्पन गएका थिए । यो तथ्यांकले पराकम्पन जानेक्रममा कमी आएको देखाउँंछ । विज्ञहरुले विस्तारै पराकम्पनका संख्या र शक्ति पनि घट्दै जाने बताउँंदै आएका छन् । उनीहरले पराकम्पन केही दिन जारी रहे पनि कमी हुँंदै जाने उनीहरुको विश्लेषण छ । उनीहरुले ठूलो पराकम्पनको सम्भावना नरहेको भन्दै त्रासमुक्त हुन पनि आग्रह गरिरहेका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै