नेभिगेशन
अन्य

दुर्गममा नपुगी फर्कियो संसदीय टोली

बनेपा । भूकम्पबाट प्रभावित काभ्रेपलाञ्चोकको विभिन्न गाविसमा पुगेको संसदीय टोली दुर्गम गाविसबाहेक स्थलगत अध्ययन गरेर काठमाडौँ फर्किएको छ । सो संसदीय टोलीले खासगरी भूकम्पबाट बढी प्रभावित जिल्लाको गैरी विसौनादेउपुर, पाँचखाल नगरपालिका, महादेवस्थान, ज्याम्दी, बालुवापाटी, कासीखण्ड दाप्चा नगरपालिकालगायतका गाविसका भूकम्पका पीडितसँग भेटघाट गरी क्षतिका बारेमा जानकारी लिएको काभ्रेपलाञ्चोकका सहायक प्रमुख जिल्ला अधिकारी अर्जुनप्रसाद गुरागाईंले बताए । पाँच दिनसम्म जिल्लाको विभिन्न गाउँगाउँ पुगेको सो संसदीय टोलीमा सभासद्हरू रोमी गौचन थकाली, डा शिवजी यादव, लोकमणि ढकाल र दलबहादुर सुनुवार थिए । टोलीसँग जिल्लाबाट संविधानसभामा प्रत्यक्ष निर्वाचित र समानुपातिक सभासद्हरू समेत आ–आफ्ना निर्वाचन क्षेत्रमा पुगेका छन् । सहायक प्रजिअ गुरागाईंले स्थलगत अध्ययनपछि जिल्लामा भूकम्पबाट भएको ठूलो जनधनको क्षतिबारे संसदीय टोलीले प्रतिवेदन तयार गर्ने छ । गाउँगाउँ जानुअघि सो संसदीय टोलीले काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी सुदर्शन ढकालसहित विभिन्न राजनीतिक दलसँग भूकम्पबाट सिर्जित समस्याका बारेमा समेत जानकारी लिएको थियो । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकका अनुसार जिल्लाको दुर्गम गाविस मानिने कोसीपारीका विभिन्न गाविस र महाभारत शृङ्खलापारीका विभिन्न गाविसमा भने संसदीय टोली पुग्न सकेको छैन । काभ्रेपलाञ्चोकको क्षेत्र नं २ का सभासद् रामहरि सुवेदीले केही दिनमै महाभारत शृङ्खलापारीका गाविसमा भूकम्पपीडितलाई भेट्न जाने जानकारी दिनुभयो । यातायात, सञ्चार र पहुँचका दृष्टिकोणले कोसीपारी र डाँडापारीका गाविस दुर्गम मानिन्छन् । काभ्रेपलाञ्चोकमा भूकम्पबाट अहिलेसम्म ३१८ जनाको मृत्यु भएको छ भने झन्डै ४८ हजार घर पूर्णरुपमा र २३ हजार घरमा आंशिक क्षति भएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै