नेभिगेशन
अन्य

तनहुँ कारागारको कैदी आफैले मर्मत थाले

दमौली । गत वैशाख १२ र २९ गते आएको विनाशकारी भूकम्पका कारण क्षतिग्रस्त भएको तनहुँ कारागारको तीन वटा कोठा कैदी आफैँले मर्मत गर्न थालेका छन् । तनहुँ कारागारले रु ५० हजार बराबरको निर्माण सामग्री उपलब्ध गराइदिए पछि कैदी आफैँ त्यसको मर्मतमा जुटेका हुन् । कसैले ढुङ्गा ओसार्ने, कसैले मसला घोल्ने, कसैले गाह्रो लगाउने र कोहीले प्लास्टर गर्ने काममा उनीहरु व्यस्त बनेका हुन् । भूकम्पले क्षति पु¥याएको कोठा नं १, ३ र ४ को मर्मतमा लागिरहेको कारागारका निमित्त प्रमुख तीर्थनाथ खनालले बताए । अहिले कैदीबन्दीलाई भूकम्पका पराकम्पन आएको समयमा उनीहरुलाई भलिबल खेल्ने चौरमा निकालेर राख्ने गरिएको कारागारका निमित्त प्रमुख खनालले बताए । भूकम्पले कैदीले प्रयोग गर्ने शौचालय र सुरक्षाकर्मी बस्ने ठाउँ नजिकैको पर्खालसमेत चिरिएको बताइएको छ । पच्चीस जनाको क्षमता रहेको तनहुँ कारागारमा ९४ जना कैदी र १४ जना थुनुवा गरी १०८ जना बन्दी रहेका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...