नेभिगेशन
अन्य

पाँच लाख पच्चीस हजार बराबरको कपडा बरामद

विराटनगर । भन्सार छलेर भित्र्याएका रु पाँच लाख २५ हजार मूल्य बराबरका कपडा प्रहरीले बरामद गरेको छ । प्रहरी निरीक्षक गोविन्दराज काफ्लेको नेतृत्वको टोलीले बेलुकी ९ बजे विराटनगरस्थित बसपार्कमा ना४ख ९५५४ र ना ५ख १५२० नम्बरको बसमा लोड गरिएका १७ वटा बोराभित्र राखिएका विभिन्न प्रकारका कपडा बरामद गरेको हो । बरामद गरिएका जलान इम्पोरियम विराटनगर–५ लेखिएका ६ थान बिल फेला परे पनि बेवारिसे अवस्थामा सो गाडीमा लोड गरेको देखिएकाले भन्सार छली ल्याएको हुनसक्ने इलाका प्रहरी कार्यालय विराटनगरले जनाएको छ । बरामद गरिएका कपडामा लेडिज कुर्ता सुरुवाल, लेगिन्स, टप्स, सललगायत रहेका छन् । ती कपडा अनुसन्धान एवम् आवश्यक कारबाहीका लागि मङ्गलबार इटहरीस्थित क्षेत्रीय राजस्व अनुसन्धान कार्यालयमा बुझाइएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...