नेभिगेशन
अन्य

भूकम्पमा मृतक प्रहरीको परिवारलाई ३ लाख राहत, घरपायक सरुवा

काठमाडौं । विनाशकारी भूकम्पमा परी मृत्यु भएका प्रहरीका परिवारलाई नेपाल प्रहरीले ३ लाख नगद राहत दिने भएको छ । प्रहरी प्रधान कार्यालयले भूकम्पमा मानवीय तथा भौतिक क्षति पुगेका पीडित वहालवाला तथा सेवानिवृत्त प्रहरी कर्मचारीलाई दिने राहतको प्याकेज घोषणा गरेको छ । भूकम्पमा ज्यान गुमाएका प्रहरीको आश्रति परिवारलाई नेपाल प्रहरी कल्याण कोषबाट नगद ३ लाख रुपैयाँ राहत प्रदान गरिने प्रवक्ता प्रहरी नायब महानिरीक्षक कमल सिंह बमले जानकारी दिए । वहालवाला प्रहरी कर्मचारीका परिवार श्रीमान्, श्रीमती, बाबु, आमा, छोरा, छोरीको मृत्यु भएकोमा काजक्रिया खर्चबापत २५ हजार र सेवानिबृत्त प्रहरी कर्मचारीको मृत्यु भएकोमा आश्रति परिवारलाई नगद १ लाख रुपैयाँ राहत सहयोग दिइनेछ । भूकम्पबाट घर ध्वस्त भएका प्रहरी कर्मचारीलाई १५ हजार दिइने भएको छ भने २ वर्षभित्र किस्तावन्दीमा तलवबाट रकम कट्टा गरी बुझाउने गरी १ लाख रुपैयाँसम्म निब्र्याजी तलव सापटी दिने प्रहरीले बताएको छ । आंशिक रुपमा घर क्षति भएकालाई २ बर्षभित्रमा तलवबाट कट्टा गरी बुझाउने ५० हजारसम्मको निर्ब्याजी तलव सापटी दिने भएको छ । भूकम्पबाट मानवीय तथा भौतिक भोगेका प्रहरीलाई घरपायक स्थानमा ६ महिना सरुवा वा काज खटाउने व्यबस्था मिलाइने छ । श्रीमान श्रीमती दुबैजना प्रहरी कर्मचारी भए दुबैजनालाई घरपायक स्थानमा काजमा खटाइने व्यवस्था गरिने प्रवक्ता बलमे जनाएका छन् । भूकम्पको कारणबाट अभिभावक गुमाउने वा असक्त भएका वहालवाला र सेवानिवृत्त प्रहरीका छोराछोरीलाई उच्च माविसम्म अध्ययनको लागि ‘भूकम्प पीडित प्रहरी छात्रवृत्ति कोष स्थापना’ गरी पूर्ण छात्रवृत्ति प्रदान गरिने प्रहरीले जनाएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै