नेभिगेशन
अन्य

भूकम्पबाट बीस जिल्लाका हुलाक कार्यालयमा क्षति

काठमाडौं । विनाशकारी भूकम्पबाट २० वटा जिल्लाका हुलाक कार्यालयमा क्षति पुगेको छ । तीमध्ये गोरखा, नुवाकोट, धादिङ, रसुवालगायत १६ वटा जिल्लाका कार्यालय पूर्ण रुपमा ध्वस्त र काठमाडौँसमेत चार जिल्लाका कार्यालयमा भने आंशिक मात्र क्षति पुगेको हुलाक सेवा विभागले जनाएको छ । सिन्धुपाल्चोकमा रहेको हुलाक प्रशिक्षण केन्द्रसमेत ध्वस्त भएको छ भने एक कर्मचारीको निधन भएको छ । अन्य कर्मचारीमा परेको भौतिक तथा आर्थिक क्षतिको विवरण आउँन अझै बाँकी रहेको विभागका महानिर्देशक द्रोण पोखरेलले बताए । उनका अनुसार भूकम्पबाट देशैभरिका हुलाकमा गरी करिब रु ५० करोड बराबरको क्षति पुगेको अनुमान छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...