नेभिगेशन
अन्य

प्रधानमन्त्रीको कार्यालयसहित तीन मन्त्रालय सारियो

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित तीनवटा मन्त्रालयको कार्यालय आजदेखि अर्को ठाउँमा सारिएको छ । भूकम्पका कारण क्षतिग्रस्त भवनमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय आजदेखि सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय रहेको भवनमा सारिएको हो । त्यसैगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई ठाउँ दिएको स्थानीय विकास मन्त्रालय भने शान्ति मन्त्रालय रहेको भवनमा सरेको छ । शान्ति मन्त्रालय भने कानुन मन्त्रालय रहेको भवनमा सरेको छ । कानुनमन्त्री र शान्ति मन्त्री एउटै व्यक्ति भएकाले काम गर्न पनि सजिलो हुने भएकाले दुवै मन्त्रालयलाई एउटै भवनमा राखिएको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायणप्रसाद मलेगोले दिए । उनले आज तीन मन्त्रालयको कार्यालयमात्रै फेरवदल गरिएको र अन्य केही मन्त्रालय पनि सार्ने तयारी भइरहेको बताए । युवा तथा खेलकुद मन्त्रालय जल तथा ऊर्जा आयोगको कार्यालय रहेको भवन र राष्ट्रिय योजना आयोगको कार्यालय मुद्रण विभाग रहेको कार्यालयमा सार्ने गृहकार्य भइरहेको छ । यसअघि रक्षा मन्त्रालय राष्ट्रिय सुरक्षा परिषद्को कार्यालयमा सरिसकेको छ । क्षतिग्रस्त भवनमा रहेका अन्य कार्यालय पनि सार्न सम्बन्धित निकायहरूले आन्तरिकरुपमा गृहकार्य गरिरहेका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै