नेभिगेशन
अन्य

भूकम्पबाट हालसम्म मृत्यु हुनेको संख्या साँढे ८ हजार नाध्यो

काठमाडौं । बैशाख १२ र २९ गते गएको भुकम्पमा परि मृत्यु हुनेको संख्या साँढे ८ हजार नाधेको छ । आइतवार बिहानसम्मा देशका विभिन्न भागमा बैशाख २९ गते आएको दोस्रो बिनाशकारी भूकम्पमा परी १ सय ४१ जनाको ज्यान गुमेको छ भने बैशाख १२ गते आएको पहिलो बिनाशकारी भूकम्पमा परी ८ हजार ४ सय २६ जनाको ज्यान गएको छ । यसैगरि घाइतेको संख्या २९ गतेको भुकम्पमा गुमेको छ ३ हजार १ सय ४२ पुगेको छ भने १२ गतेको भुकम्पका घाइतेको संख्या १७ हजार ८ सय ८४ पुगेको प्रहरीले जनाएको छ । बैशाख २९ गतेको भूकम्पबाट ज्यान गुमाउनेहरुमा उपत्यकामा ११, पूर्व क्षेत्रमा ४, मध्य क्षेत्रमा १२३ र पश्चिम क्षेत्रमा ३ जना रहेका छन् भने घाइते हुनेहरुमा उपत्यकामा १८९१, पूर्व क्षेत्रमा १२४, मध्य क्षेत्रमा ९८४, पश्चिम क्षेत्रमा १२९ र मध्य पश्चिम क्षेत्रमा १४ जना रहेका छन् । मृतक ११४ जनाको शव आफन्तलाई बुझाई सकिएको छ । घाइतेमध्ये १६९८ जना विभिन्न अस्पतालमा उपचाररत छन् । साथै भूकम्पमा परी घाइते भएका नेपाल प्रहरी ४३, नेपाली सेना ६ र सशस्त्र प्रहरी ११ जनासमेत उपरोक्त संख्यामै समाबेश गरिएको छ । भूकम्पमा परी ४ जना वेपत्ता भएका छन् । भूकम्पबाट हालसम्म ४९४७ पूर्णरुपमा र ६७२८ आंशिकरुपमा गरी जम्मा ११६७५ भौतिक संरचनामा क्षति पुगेको छ । बैशाख १२ गतेको भूकम्पबाट ज्यान गुमाउनेहरुमा उपत्यकामा १७१०, पूर्व क्षेत्रमा ५३, मध्य क्षेत्रमा ६२४०, पश्चिम क्षेत्रमा ४२१ र मध्य पश्चिम क्षेत्रमा २ जना रहेका छन् भने घाइते हुनेहरुमा उपत्यकामा १०७७३, पूर्व क्षेत्रमा ३२५, मध्य क्षेत्रमा ५५६४, पश्चिम क्षेत्रमा ११९८, मध्य पश्चिम क्षेत्रमा २२ जना र सुदूर पश्चिम क्षेत्रमा २ जना रहेका छन् । साथै उक्त विनाशकारी भूकम्पमा ज्यान गुमाएका नेपाल प्रहरी ६, नेपाली सेना ९, सशस्त्र प्रहरी १, निजामती कर्मचारी ११ र बिदेशी नागरिक ७९ जना तथा घाइते भएका नेपाल प्रहरी १४०, सशस्त्र प्रहरी २१ र बिदेशी पर्यटक ५० जनाको संख्यासमेत उपरोक्त संख्यामै समाबेश गरिएको छ । यसैगरी हालसम्म नेपाली नागरिक २५२ र विदेशी नागरिक ११० जना बेपत्ता भएका छन् । यसैगरी उक्त विनाशकारी भूकम्पबाट पूर्ण तथा आंशिक गरी उपत्यकामा ६७१३०, पूर्व क्षेत्रमा ३५४५४, मध्य क्षेत्रमा १९८२८३, पश्चिम क्षेत्रमा ११३९४२, मध्य पश्चिम क्षेत्रमा ३१५४ र सुदूर पश्चिम क्षेत्रमा ३४ गरी जम्मा ४१७९९७ भौतिक संरचनाहरु क्षती भएका छन् । नेपाल प्रहरीबाट काठमाडौं उपत्यका लगायतका प्रभावित क्षेत्रहरुमा खाद्यान्न, त्रिपाल, स्वास्थ्य शिविर सञ्चालन र पानीलगायतका राहत सामाग्री वितरण कार्य भइरहेको छ । भग्नावशेष हटाउने, सरसफाई गर्ने, सुरक्षा गस्ती (पट्रोलिङ) गर्ने, उद्दार तथा खोज कार्यसमेतमा देशभर नेपाल प्रहरीबाट कुल ४४ हजार ६ सय २९ जना प्रहरी कर्मचारी परिचालित भएका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै