नेभिगेशन
अन्य

चिलिमे विद्युत्गृहबाट आधा विद्युत् उत्पादन

धुन्चे । भुकम्पका कारण अवरुद्ध बनेको चिलिमे जलविद्युत् केन्द्रको विद्युत्गृहबाट आधा विद्युत् उत्पादन सुरु भएको छ । चिलिमे जलविद्युत् कम्पनीका कार्यकारी निर्देशक रामगोपाल सिवाकोटीका अनुसार भूकम्पबाट उपकरणको प्रणालीमा आएको खराबी हटाई ११ मेगावाट चालु भइसकेको र अर्को ११ मेगावाटको यन्त्र मर्मत भइरहेकाले हप्ता दिनभित्र पूरै चालु हुनेछ । भूमिगत संरचना भएका कारण विद्युत्गृहको सबै संरचना सुरक्षित रहेको छ । उता बाहिर सतहमा रहेको मैलुङ खोलाको पाँच मेगावाट क्षमताको जलविद्युत्गृह यही वैशाख १२ गतेदेखि नै बन्द भएको छ । के कति उपकरणमा क्षति भयो भन्ने यकिन गर्न विद्युत्गृहमा जाने अवस्था अझै नरहेको प्राविधिकले बताएका छन् । मैलुङ क्षेत्रका आसपासका अग्लो डाँडाबाट सानातिना ढुङ्गा अझै खसिरहेको उद्धारकर्मीले बताएका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...