नेभिगेशन
अन्य

विपदमा कालो बजारी गर्ने दश व्यापारीविरुद्ध मुद्दा चलाइयो

काठमाडौं । विनाशकारी भूकम्पपछि आएको विपदको मौका छोपेर कालोबजारी गर्ने १० जना व्यापारीविरुद्ध कालोबजारी ऐन अन्तर्गत मुद्दा चलाइएको छ । ग्राहकलाई अभद्र व्यवहार गर्नेलाई भने केही सार्वजनिक अपराध तथा साजाय ऐन अन्तर्गत मुद्धा चलाइएको छ । प्रहरीले १७ जनालाई पक्राउ गरेको थियो । उनीहरुमध्ये १० जनाले कालोबजारी गरेको पाइएको छ भने ७ जनाले ग्राहकलाई अभद्र व्यवहार गरेको पाइएको छ । प्रहरीका अनुसार गंगालाल अस्पताल अगाडिको ओमशिवम् फार्मेसीका संचालक सुमन महर्जन र टिचिङ अस्पताल अगाडि रहेको भेरीराप्ती फार्मेसीका संचालक सरिता जिसीविरुद्ध लोबजारी ऐन अन्तर्गत मुद्धा चलाइएको छ । यस्तै गुल्मीकी रमा खत्री, महोत्तरीकी बब्लु गुप्ता, नवलपरासीका सन्तोष बास्तोला, किरण बास्तोला, मकवानपुरका सुमन अधिकारी, काठमाडौंका हरिराम मालाकार, मनोहराको खतिवडा फेन्सी पसलका संचालक उद्धवप्रसाद खतिवडा र अच्युतप्रसाद आचार्यलाई कालोबजारी ऐन अन्तर्गत मुद्धा चलाइएको छ । यसैगरी झापाका पूर्णप्रसाद सिवाकोटा, मोरङका गोविन्द लुईटेल, सप्तरीका हिराकुमार चौधरी, सिन्धुलीका सन्जीब भण्डारी, प्रकाश तामाङ्ग, सुनसरीका कमल दुलाल र भारतका अमित गुप्ताविरुद्ध केही सार्वजनिक अपराध तथा सँजाय ऐन अन्तर्गत मुद्धा चलाइएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै