नेभिगेशन
अन्य

युगअनुसार आधुनिक बस्ती बसाल्छौँ : खनाल

चरिकोट । पूर्व प्रधानमन्त्री एवम् नेकपा ९एमाले०का नेता झलनाथ खनालले दोलखालीसँग युगअनुसारको आधुनिक बस्ती बसाल्ने अठोट गरेका छन् । अहिलेको बस्ती माटो र ढुङ्गाको भएकाले भूकम्पबाट बढी क्षति भएको भन्दै आधुनिक बस्ती निर्माणमा आफू र आफ्नो दलले जोड दिने बताए । ‘भूकम्पले हामी सबैलाई छरिएर बस्दा धेरै क्षति पु¥याएकाले अब एकीकृत बस्ती विकासमा सरकारले योजना बनाएर काम गर्नुपर्छ,’– उनले भने । संसदीय अनुगमन समितिका चार सदस्यीय टोलीसहित दोलखा पुगेका नेता खनालले जिरी, मैनापोखरी र चरिकोटको स्थलगत अवलोकनपछि शनिबार चरिकोटमा आयोजित पत्रकार भेटघाट ‘काठमाडौँमा बसेर जति सुनिएको थियो, यहाँ आएर थाहा भयो यहाँको दर्दनाक अवस्था ।’ जनताका लागि अब ढुङ्गामाटोको घर होइन भूकम्प प्रतिरोधात्मक घर निर्माणमा सरकारले सहयोग गर्नुपर्ने बताउँदै उहाँले वैज्ञानिक एवम् व्यवस्थित ढङ्गले बस्ती विकासमा जोड दिए । अनुगमन टोलीलाई प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले उद्धार र राहतमा भएका कामकारबाहीबारे जानकारी गराएका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...