नेभिगेशन
अन्य

सुकेका मूलमा भुकम्पपछि फेरि पानी पलायो

काठमाडौं । गत वैशाख १२ गते गएको भूकम्पसँगै काठमाडौं दक्षिणभेगमा दुई दशकदेखि सुकेका पानीका मूलबाट पूर्ववत् अवस्थामा पानी आउन थालेको छ । भूकम्पपछि सञ्चालनमा आएका मूलमा पनि पानीको बहाव बढेको छ । सुरुका दिनमा धेरै धमिलो पानी आउने गरेका ती स्थानमा पछिल्ला दिनमा पानी सफा हुँदै जान थालेको छ । केही वर्षयता पानीको बहाव निकै कम हुँदै गएको फर्पिङको शेषनारायणमा भूकम्पपछि पानीको बहाव बढेको छ भने चाल्नाखेलमा ०५०÷५१ सालदेखि सुकेका रैला, मूलपानी, खहरेलगायतका स्थानका मूलमा पानी पलाएको छ । स्थानीयवासी एवम् चम्पादेवी क्षेत्र सुधार तथा व्यवस्थापन संस्थाका अध्यक्ष जनक तामाङका अनुसार सुकिसकेका प्राचीन पानीका मुहानमा भूकम्पसँगै पानी आउन थालेको तथा आसपासका अन्य पानीका स्रोतमा पनि पानीको बहाव बढेको छ । फर्पिङस्थित शेषनारायणमा रहेका दुई मूलमध्ये एउटा मूलमा लगभग १२ वर्षयता सुकेको मूल भूकम्पपछि पूर्ववत् रुपमा सञ्चालनमा आएको छ । स्थानीयवासीका अनुसार उक्त दिन भूकम्पसँगै माटो मिसिएको लेदोयुक्त पानीले यसअघि सुकेको शेषनारायण कुण्ड पूर्ण रुपमा भरिएको थियो । उक्त दिनपछि क्रमशः पानी सफा हुँदै गएकामा वैशाख २९ गतेको पराकम्पनका कारण केही दिनयता अझै धमिलो पानी आइरहेको छ । स्थानीय समाजसेवी शशि शर्मा अर्यालका अनुसार दक्षिण भेगस्थित डल्लुको नौमूल र सेतीदेवीस्थित सातमूलमा भूकम्पपछि पानीको बहाव निकै बढेको छ । भूकम्पपछि पानीका प्राचीन मुहानमा पानी आउन थालेका कारण अचम्मित बनेका चाल्नाखेलवासीलाई पछिल्ला दिनमा छ्वाङ डाँडाबाट लगातार ढङ्गा खस्न थालेपछि भने थप चिन्तित बनाएको छ । ‘डाँडा तल रहेको ठूलो बस्तीमा ढुङ्गा खस्न थालेपछि रातदिन ठूलै पहिरो आउँछ कि भन्ने चिन्ताले त्रसित बनाएको छ, सयाँै घर डाँडाको सिधै तल रहेका कारण वर्षात् अगावै जोखिम कम गराउने उपाय निकाल्नुपर्छ’, तामाङले भने । यसैबीच राष्ट्रमा परेको विपत्ति अब नबढोस् भन्दै चम्पादेवी तामाङ गुठीले आज क्षमापूजा गरेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...