नेभिगेशन
अन्य

आज पनि आए भुकम्पका साना पाँंच धक्का

काठमाडौं । महाभुकम्पपछि साना पराकम्पन आउने क्रम अझै जारी छ । शनिबार राती तीन साना पराकम्पन र बिहान पनि दुुई पराकम्पन आएका छन् । यीमध्ये दुई वटा दोलखा,एउटा गोरखा र दुुई नुवाकोट र धादिङ केन्द्र बिन्दु भएर आएका हुन् । राष्ट्रिय भुकम्प मापन केन्द्रका अनुसार २ बजेर १५ मिनट जाँंदा गोरखा केन्द्र बिन्दु भएको ४ रेक्टोस्केलको,४ बजेर २८ मिनट जाँंदा दोलखा केन्द्र बिन्दु भएको ४ दशमलव १ रेक्टोस्केलको,४ बजेर ३८ मिनट जाँंदा दोलखा नै केन्द्र बिन्दु भएको ४ दशमलव १ रेक्टोस्केलको र बिहान ६ बजेर ११ मिनट जाँंदा नुवाकोट केन्द्र बिन्दु केन्द्रबिन्दु भएको ४ रेक्टोस्केलको भुकम्प गएको छ । ६ बजेर ३१ मिनट जाँंदा अर्को सानो धक्का गएको छ । गोरखा÷धादिङ केन्द्र बिन्दु भएर बिहान ६ बजेर ३१ मिनट जाँंदा ४ रेक्टोस्केलको भुकम्प गएको हो । विज्ञहरुले यस्ता पराकम्पन आउनु स्वभाविक भएको र त्रसित हुन आवश्यक नभएको बताउदै आएका छन् । उनीहरुले अब ठूलो भुकम्पको कुनै सम्भावना नरहेको पनि बताउदै आएका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै