नेभिगेशन
अन्य

हराएको अमेरिकी हेलिकोप्टरको खोजी कार्य जारी

काठमाडौं । भूकम्पपीडितको उद्धार तथा राहत सामग्री लिएर दोलखा गएको अमेरिकी सेनाको हेलिकोप्टर मङ्गलबारदेखि हराइरहेको र त्यसको खोजी कार्य जारी रहेको नेपाली सेनाले बताएको छ । सो हेलिकोप्टर दोलखाको सुनखानी गाविस नजिकै तामाकोसी नदीमा भएको आशंकामा खोजी कार्य तीव्र गरिएपनि हालसम्म त्यस बारेमा कुनै जानकारी नआएको सेनाका प्रवक्ता जगदीशचन्द्र पोखरेलले बताए । हराइरहेको उक्त हेलिकोप्टरमा नेपाली सेनाका दुई र अमेरिकी सेनाका छ अधिकारी थिए । हेलिकोप्टर हराएको सूचना प्राप्त हुनासाथ त्यस क्षेत्रमा फौजलाई परिचालन गरी खोजी गरिएपनि हालसम्म हेलिकोप्टरका बारेमा कुनै जानकारी प्राप्त भएको छैन ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...