नेभिगेशन
अन्य

भूकम्पको पराकम्पन कम भएसँगै जनजीवन सामान्य हुदै

काठमाडौं । भूकम्पको पराकम्पन कम भएसँगै उपत्यकासहित प्रभावित क्षेत्रको जनजीवन सामान्य बन्दै गएको छ । अघिल्ला दिनका तुलनामा पराकम्पन कम हुँदै गएपछि उपत्यकामा चहलपहल बढेको छ । सडकमा मानिसको चहलपहल बढेको छ भने पसलहरु क्रमशः खुल्न थालेका छन् । उपत्यकाभित्र सवारीसाधन सामान्य रुपमा सञ्चालन हुन थालेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । यसैबीच आज बिहान दुईवटा पराकम्पन मात्र गएको भुकम्प मापन केन्द्रले जनाएको छ । दोलखालाई केन्द्रबिन्दु बनाएर आज बिहान ३ बजेर ३८ मिनेट जाँदा ४.१ र ४ बजेर ६ मिनेट जाँदा ४.३ रिक्टर स्केलको भूकम्पको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । पराकम्पनहरु क्रमिक रुपमा कम हुँदै गएकाले अब आत्तिनुपर्ने अवस्था नरहेको केन्द्रले जनाएको छ । काभ्रेपलाञ्चोक, दोलखा र रसुवालाई केन्द्रबिन्दु बनाएर बिहीबार साँझसम्म चार रिक्टर स्केलभन्दामाथिका नौ वटा भूकम्पका पराकम्प महसुस भएका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै