नेभिगेशन
अन्य

स्नातक तह तेस्रो वर्ष र १२ कक्षाको परीक्षा स्थगित

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक तह तेस्रो वर्षको परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको छ। आगामी जेठ १४ गतेदेखि तोकिएको परीक्षा मंगलवारको दोस्रो भूकम्पका कारण स्थगित भएको परीक्षा नियन्त्रण कार्यालयले बुधबार जनाएको छ। विद्यार्थीहरुलाई कम्तिमा १५ दिनअघि सूचना दिएर परीक्षाको अर्को मिति पछि तोकिने कार्यालयले जनाएको छ। यसैबीच उच्च माध्यमिक शिक्षा परिषदले पनि कक्षा १२ को परीक्षा अनिश्चित कालका लागि स्थगित गरेको छ। परिषदले पनि १५ दिनको समय दिएर पछि अर्को परीक्षा तालिका निकाल्ने जनाएको छ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै