नेभिगेशन
अन्य

लाङटाङमा पुनः पहिरो, २५ को उद्धार

धुन्चे । मंगलबरको भूकम्पले लाङटाङमा हिमपहिरो र सुख्खा पहिरो गएपछि स्थानीयलाई सेनाले सुरक्षित ठाउँ सदरमुकाम धुन्चे ल्याएको छ। उनीहरूलाई सेनाको हेलिकप्टरले दुईपटक गरेर २५ जनालाई साँझ उद्धार गरेको हो। ‘भूकम्पले गर्दा लाङटाङमा पहिरो आइरहेको छ,’ स्थानीय ग्याल्पो तामाङले भने, ‘सुरक्षित बासस्थानको खोजीमा भोलि सबै जना काठमाडौं जाने भएका छौं।’ उनले आफ्नो बाबुआमा, दिदी, बहिनी, ज्वाइँ र तीन भान्जा गुमाएको पीडा सुनाएका थिए। उनले गाउँबाट उद्धार गरी ल्याएका गाउँलेको मुख हेरेर भने, ‘के भनौं, तपाईंलाई दिमागले काम गरिरहेकै छैन।’ लाङटाङमा उद्धारका लागि खटिएका सेनाका ८ र १७ जना अझै उतै बसिरहेका छन्। बुधबारसम्ममा सबै स्थानीयवासीलाई सुरक्षित ठाउँमा आइसक्ने अर्का स्थानीय ठिले लामाले बताए। ‘‘मंगलबारको भूकम्पले गाउँले बस्नै सकेनौं,’ उनले भने, ‘बाँच्नका लागि सुरक्षित ठाउँ जान्छौं।’ उनी छोरा मिप्साङले ल्याएको फिस्टेल एयरको हेलिकप्टरबाट एक विदेशी साथी र एक स्थानीयलाई लिएर काठमाडौं उडे। लाङटाङमा पहिरो जान रोकिएको छैन। सेनाले २५ लाङटाङवासीलाई सदरमुकाम धुन्चे सुरक्षित स्थानमा राखेको छ। भूकम्पले रसुवामा कुनै मानवीय क्षति नभएको प्रमख जिल्ला अधिकारी उद्धवप्रसाद भट्टराईले बताए।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै