नेभिगेशन
अन्य

फेरि शक्तिशाली भूकम्पको धक्का, अहिले सम्म ६५ को मृत्यु, राती फेरि तीन धक्का

काठमाडौं । काठमाडौं र उपत्यका आसपासका जिल्लाहरुमा शक्तिशाली भूकम्प गएको छ । १२ बजेर ५२ मिनेटमा ७.३ रेक्टर स्केलको भूकम्प गएको हो । अमेरिकी भूगर्भ विभागले सुरमा ७.१ भनेको थियो । तर, पछि ७.३ रेक्टर स्केलको भएको बताएको छ । भूकम्पको केन्द्र केन्द्र दोलखाको सुनखानी भएको बताइएको छ । भूकम्पपछि लगातार पराकम्पन गएको छ । ५.६, ५.५ र ६.२ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पपछि मानिसहरु घरबाट बाहिर आएका छन् । वैशाख १२ गतेको ७.८ रेक्टर स्केलको विनोशकारी भूकम्पले त्रसित मानिसहरु फेरि भूकम्प गएपछि त्रसित भएका छन् । मंलबार दिउँसो गएको भूकम्पका कारण ६५ जनाको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ । एक हजार ९ सय २८ जना घाइते भएका छन् । मन्त्रालयका अनुसार क्षतिको विवरण संकलन भैरहेको छ । मंलबार दिउँसो गएको भूकम्पले दोलखा, सिन्धुपाल्चोक र रामेछापमा सबैभन्दा धेरै क्षति पुगेको छ । तर, विज्ञहरुले भने ठूलो धक्कापछि केही समयसम्म धक्का महसुस भइरहेका बताएका छन् । वैशाख १२ पछि आएको यो दोस्रो ठूलो भूकम्प हो । वैशाख १२ गते ७.८ रेक्टर स्केलको भूकम्प आएको थियो । त्यसपछि आएका अनिगिन्ती धक्कामध्ये सबैभन्दा ठूलो ६.९ रेक्टर स्केलको थियो । आजको भूकम्प ७।३ रेक्टर स्केल रहेको भूकम्प मापन केन्द्रको सूचनामा देखिएको छ । आजको भूकम्पबाट राजधानीबासीहरु वैशाख १२ मा जस्तै त्रसित देखिएका छन् । भूकम्पको धक्कासँगै राजधानीबासीहरु सडकमा निस्किएका छन् । पसलहरु एकाएक बन्द भएका छन् । पहिलो धक्कापछि सानातिना पराकम्पहरु पनि आउने क्रम रोकिएको छैन । भूकम्पको क्षतिको विवरण आइसकेको छैन ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै