नेभिगेशन
अन्य

गएराती पनि भुकम्पका चार धक्का

काठमाडौं । महाबिनासकारी भुकम्पपछि पराक्रम आउने क्रम अझै रोकिएको छैन । गएराती पनि चार रेक्टोस्केलमाथिका चार वटा पराकम्पन आएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार गए राती १२ बजेर ७ मिनट जाँंदा धादिङ केन्द्र बिन्दु रहेको ४ दशमलव शुन्य रेक्टोस्केलको र दुई बजेर ८ मिनट जाँंदा गोरखा÷धादिङ केन्द्र बिन्दु रहेको ४ दशमलव एक रेक्टोस्केलको भुकम्प गएका थिए । त्यस अघि सोमबार राती ११ बजेर ५४ मिनट जाँंदा सिन्धुपाल्चोक केन्द्रबिन्दु भएको ४ रेक्टोस्केलको र ८ बजेर ३५ मिनट जाँंदा सिन्धुपाल्चोक नै केन्द्रबिन्दु भएको ४ दशमलव २ रेक्टोस्केलको पराक्रम गएको थियो । सोमबार दिनभर भने एउटा पनि भुकम्पको धक्का महसुस भएको थिएन । आइतबार दिउसो ३ बजेर २३ मिनट जाँंदा भक्तपुरको सिमा नजिक काभ्रेमा ४ दशमलव २ रेक्टोस्केलको भुकम्प गएको थियो । त्यो भुकम्प सानो भए पनि काठमाडौंबाट नजिक केन्द्र बिन्दु भएकाले तुलनात्मक रुपमा केही बढी हल्लाएको महसुस भएको थियो । आइतबार दिउसादेखि सोमबार साढे आठ बजेसम्म भुकम्पको धक्का महसुस नहुँंदा नगरिकले राहत महसुस गरेका थिए । विज्ञहरुले पराकम्पनका मात्रा र संख्या घट्दै गएकाले डराउनु नपर्ने र यस्ता साना धक्कालाई स्वाभाविक रुपमा लिनुपर्ने बताउँंदै आएका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै