नेभिगेशन
अन्य

प्रकाशमानले आठसय पीडित परिवारलाई जस्तापाता बाँडे

काठमाडौं । उपप्रधानमन्त्री एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले गोकर्णेश्वर नगरपालिकाका भूकम्पपीडित जनतालाई अस्थायी बसोबासका लागि राहतस्वरुप जस्तापाता बाँडेका छन् । उपप्रधानमन्त्री सिंहले आज पुरानो सुन्दरीजल गाविस हाल नगरपालिका–१, २ र ३०का ८०० पीडित परिवारलाई प्रतिपरिवार एक बन्डलका दरले जस्तापाता बाँडेका हुन् । सुन्दरीजलमा आयोजित एक कार्यक्रमबीच गोकर्णेश्वर नगरपालिकाका कार्यकारी अधिकृत रामचन्द्र तिवारीलगायतको उपस्थितिमा उक्त जस्ता वडासचिवलाई हस्तान्तरण गरिएको थियो । कार्यक्रममा त्यस क्षेत्रका सभासद्द्वय रामेश्वर फुँयाल, अम्बिका बस्नेत र काठमाडौँका स्थानीय विकास अधिकारी तीर्थराज भट्टराई, राजनीतिक दलका स्थानीय प्रतिनिधि, नागरिक समाज एवम् विभिन्न सङ्घसङ्स्थाका प्रतिनिधिको सहभागिता थियो । सो अवसरमा उपप्रधानमन्त्री सिंहले मुलुकका सामु आइपरेको विपत्तिको सामना गर्न सबै राजनीतिक दल, नागरिक समाज सङ्घसङ्स्था एकजुट हुनुपर्ने धारणा राखे । उपप्रधानमन्त्री सिंहले भूकम्पबाट घरबारविहीन भएका परिवारका लागि अस्थायी बसोबासका लागि जस्तापाता नै उपयुक्त भएकाले सबै पीडितपरिवारलाई जस्तापाता पु¥याउने कार्यलाई जोड दिइएको उल्लेख गरे । उनले कुनै पनि नागरिकलाई घरबारविहीन हुन नदिन, खानपिनको उचित व्यवस्थापन गरी स्वास्थ्य, शिक्षालगायतको व्यवस्था गरिने भन्दै त्यसका लागि धैर्य गर्न भूकम्पबाट प्रभावित जनतालाई आग्रह गरे ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै