नेभिगेशन
अन्य

भुकम्पमा मृत्यु हुनेको संख्या आठ हजार उन्नाइस

काठमाडौं । महाबिनाशकारी भुकम्प परी मृत्यु हुनेको संख्या आठ हजार नाघेको छ । नेपाल प्रहरीका अनुसार आइतबार बिहानसम्ममा मृत्यु हुनेको संख्या आठ हजार १९ जना र घाइतेको संख्या १६ हजार ३३ जना पुगेको छ । मृतकमध्ये ३० जनाको शव अहिलेसम्म पहिचान हुन सकेको छैन भने अन्य ५९ जनाको पहिचान खुले पनि शव आफन्तलाई बुझाउन बाँंकी रहेको छ । भुकम्पका कारण उपत्यका तीन जिल्लामा गरी एक हजार सात सय १३ जनाको मृत्यु भएको छ । जिल्लागत हिसाबले सबैभन्दा बढी सिन्धुपाल्चोकमा मानवीय क्षति भएको छ । भुकम्पका कारण नेपाल प्रहरी ५, नेपाली सेना ९, सशस्त्र प्रहरी १, निजामती कर्मचारी ११ र बिदेशी नागरिक ७० जनाको भृत्यु भएको छ भने नेपाल प्रहरी १४०, सशस्त्र प्रहरी २१ र बिदेशी पर्यटक ५० जनाको संख्या समेत घाइते भएका छन् । प्रहरीका अनुसार नेपाल प्रहरी १ जना, नेपाली नागरिक २५४ र विदेशी नागरिक १११ जना हराइरहेका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै