नेभिगेशन
अन्य

भुकम्प प्रभावित जिल्लामा १९ करोड ३० लाख पठाइयो

काठमाडौं । गृह मन्त्रालयले भुकम्पबाट प्रभावित मध्ये १३ जिल्लामा १९ करोड ३० लाख रुपैयाँ आर्थिक राहत पठाएको छ । सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत प्रभावित क्षेत्र र जनताको उद्धार तथा पुनस्र्थापनाका लागि उक्त रकम खर्च गरिने छ । उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले यो प्राम्भिक राहत रकम भएको बताएका छन् । सो रकम शनिवार पठाएको गृहमन्त्रालयले जनाएको छ । थप रकम निकासा हुनेबित्तिकै अन्य प्रभावित जिल्लामा पनि पठाइने र रकमको वितरण न्यायोचित तवरले गरिने गृहमन्त्री गौतमको भनाई छ । गृहले दोलखामा ५ करोड, रामेछापमा ७ करोड, पाल्पामा १ करोड, लमजुङमा १ करोड, तनहुँमा १ करोड, सोलुखुम्बुमा १ करोड, ओखलढुंगामा २ करोड रुपैया पठाएको जनाएको छ । त्यसैगरि चितवनमा ५० लाख, मनाङमा ५ लाख, पर्वतमा ५० लाख, धनकुटामा १५ लाख, रुकुममा ५ लाख र म्याग्दीमा ५ लाख रुपैया जिल्ला प्रशासन कार्यालयमा पठाएका गृहमन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...