नेभिगेशन
अन्य

आज बिहान पनि गए भुकम्पका दुई धक्का

काठमाडौं । महाबिनासकारी भुकम्पपछि प्रतिकम्पनका धक्का जाने क्रम अझै रोकिएको छैन । प्रतिकम्पनका धक्का घटे पनि आइतबार बिहान पनि दुई धक्का गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार आइतबार बिहान ६ बजेर ३४ मिनट जाँंदा सिन्धुपाल्चोक केन्द्र बिन्दु भएको ४ दशमलव ४ रेक्टरस्केलको भुकम्पको धक्का गएको थियो । त्यस्तै राती १ बजेर ५० मिनट जाँंदा सिन्धुपाल्चोक–तिब्बत केन्द्रबिन्दु भएको ४ दशमलव २ रेक्टोस्केल मापन गरिएको भुकम्प गएको थियो । केन्द्रका अनुसार शनिबार भने ४ दशमलव माथिको एउटा मात्र भुकम्प गएको थियो । शनिबार राती ३ बजेर ८ मिनट जाँंदा रसुवा केन्द्र बिन्दु भएको ४ दशमलव १ रेक्टोस्केलको भुकम्प गएको थियो । गत बैशाख १२ गतेपछि शनिबार सबैभन्दा कम भुकम्प गएको हो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै