नेभिगेशन
अन्य

रसुवागढी भन्सार कार्यालय गोदाममा आगलागी

धुन्चे । विनाशकारी भूकम्पबाट धेरै प्रभावित जिल्ला रसुवाको रसुवागढी भन्सार कार्यालयको गोदाममा आज बिहान आगलागी हुँदा करोडौँ धनमाल क्षति भएको छ । स्थानीय व्यवसायी वृद्धिम निवासी नुर्पु तमाङका अनुसार भन्सार कार्यालयले बनाएको जस्तापाताको टहरोभित्र जाँचपासका लागि राखिएका सामग्री सम्पूर्ण रुपमा नष्ट भएको छ । आगलागीको कारण खुल्न सकेको छैन । यसैबीच भुकम्पबाट जिल्लाका १८ गाविसमा पछिल्लो तथ्याङ्कअनुसार ५२२ जनाको मृत्यु भएको छ । त्यस्तै आठ हजार ५०० घर भत्किएका छन् । प्रारम्भिक तथ्याङ्कका आधारमा खाद्यान्नलगायत राहत सामग्री वितरणका लागि गाउँ गाउँमा कर्मचारी खटाइएको सहायक प्रजिअ गौतम रिमालले जानकारी दिए । उनका अनुसार राहत वितरणका लागि रु छ करोड २६ लाख ३३ हजार जिम्मेवार कर्मचारीका साथ ठाउँ ठाउँमा पठाइसकिएकाले हप्ता दिनभित्र राहत वितरण सम्पन्न हुने छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै