नेभिगेशन
अन्य

प्रधानमन्त्री कोइराला र चीनियाँ राजदूतबीच भेट

काठमाडौँं । प्रधानमन्त्री सुशील कोइरालासँग नेपालका लागि चीनका राजदूत वु चुन्ताइका बीचमा प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ । भेटका अवसरमा उहाँहरुबीच नेपालमा हालै आएको भूकम्पले गरेको क्षति, उद्धार र राहत कार्यको बारेमा कुराकानी भएको थियो । भेटमा प्रधानमन्त्री कोइरालाले नेपालले अकल्पनीय विपत्ति भोग्नुपरेको र यसबाट ठूलो जनधनको क्षति भएको बताएका थिए । सो अवसरमा राजदूत चुन्ताइले प्राकृतिक विपत्ति जहाँकहीँ पनि आउन सक्ने बताउँदै उद्धार र राहतमा नेपालले छरछिमेकी र मित्रराष्ट्रको सहयोग लिएर गरेको कामको सराहना गरेका थिए । उनले नेपाल सरकारको अनुरोधमा चीनले पनि उद्धार र राहत कार्यमा सघाउन पाएकामा खुसी व्यक्त गरेका थिए । सो अवसरमा राजदूत चुन्ताइले प्रधानमन्त्री कोइराला समक्ष उद्धारका लागि खटिएर आएका चीनियाँ विज्ञले गरेको उद्धार कार्यको जानकारी गराएका थिए । साथै, उनले चीनले भूकम्पबाट अवरुद्ध अरनिको राजमार्गको ४८ किलोमिटर खण्ड पहिरो हटाएर सुचारु गरिएको जानकारी दिएका थिए । राजदूत चुन्ताईले आवश्यक परेमा थप सहयोग गर्न पनि आफ्नो सरकार तयार रहेको बताउँदै चीनले भूकम्पपीडितका लागि दिने राहत सामग्री आइरहेको उल्लेख गरेका थिए । सो अवसरमा प्रधानमन्त्री कोइरालाले नेपाललाई परेको दुःखमा आवश्यक सहयोग गरेकोमा आफू र नेपाल सरकारको तर्फबाट चीन सरकारलाई धन्यवाद दिएका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै