नेभिगेशन
अन्य

एमालेले दुई लाख स्वयम्सेवक परिचालन गर्ने

काठमाडौं । नेकपा एमालेले गठन गरेको भूकम्पपीडित उद्धार तथा राहत समन्वय समितिले प्रभावित जिल्लामा करिब दुई लाख स्वयम्सेवक परिचालन गरी स्थानीयवासीका भत्किएका संरचना पुनःनिर्माणमा खटाउने निर्णय गरेको छ । समितिका संयोजक ईश्वर पोखरेलको अध्यक्षतामा आज बसेको बैठकले जनताको सेवाका लागि पार्टी निकट विभिन्न भ्रातृ सङ्गठनको सहयोगमा ती स्वयम्सेवक खटाई राहत तथा पुनःस्थापना गर्ने निर्णय गरेको हो । स्थानीय जनतालाई भार नपर्ने गरी निर्माणको कार्य गरिन छ । अति प्रभावित जिल्लामा प्राथमिकता दिएर निर्माण कार्य सुरु गरिने समितिका सदस्य कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । त्यस्तै प्रभावित जिल्लाका अञ्चल कमिटी त्यस क्षेत्रका नेता तथा सभासद्लाई सक्रिय बनाई राहत सङ्कलन तथा वितरणको जिम्मेवारी दिइएको छ । पार्टीले स्थापना गरेको राहत कोषमा स्वदेश तथा विदेशबाट करिब रु ६५ लाख तथा भौतिक सामग्रीसहित राहत सङ्कलन भएको र ती सामग्री विभिन्न स्थानमा वितरणको प्रक्रियामा रहेको उनले बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...