नेभिगेशन
अन्य

विपत्तीको सामना गर्न राष्ट्रिय सरकार गठन : खनाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले विपत्तिको सामना गर्ने आवश्यक तयारी हुन नसक्दा मुलुकले ठूलो विपत्तिको मार खेप्नुपरेको बताएका छन् । व्यवस्थापिका–संसद्को आजको बैठकमा भाग लिँदै उनले मुलुकको भौगोलिक अवस्था र यातायातको कठिनाइका कारण तत्काल उद्धार र राहतका काम सोचेअनुरुप अघि बढ्न नसकेको विचार व्यक्त गेरे । राहत तथा पुनःस्थापनको कामलाई अघि बढाउँदा मुलुकको भौगोलिक विशेषता र आवश्यकतालाई ध्यान दिएर भूकम्पपीडितको राहतका लागि सबै राजनीतिक दल र सबै पक्ष एकजुट र एकताबद्ध भएर अघि बढ्न नेता खनालले आह्वान गरे । विपत्तिको सामना गर्ने क्रममा राष्ट्रिय सरकारको गठनलाई पनि ध्यान पु¥याउन आवश्यक रहेको बताउँदै वरिष्ठ नेता खनालले वर्षायाम नजिकै आइसकेकाले पुनःस्थापना र पुनःनिर्माणको कामलाई तुरुन्तै तीव्र रुपमा सुरु गर्नुपर्ने बताए । एमाले बरिष्ठ नेता खनालले भने– ‘मुलुकमा ठूलो भूकम्पको विध्वंस भयो, यो नयाँ नेपाल निर्माण गर्नका लागि अवसर पनि हो, पुनःनिर्माण गरेर राष्ट्रको स्वाभिमान र अखण्डतालाई जोगाउने विषयमा सबै एकताबद्ध हुनुपर्छ ।’
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...