नेभिगेशन
अन्य

भुकम्पले मन्दिर भत्कादा मच्छिन्द्रनाथको भोटो हरायो

ललितपुर । बुङ्मतीमा रहेको मच्छिन्द्रनाथको मन्दिरले पुरिएको मच्छिन्द्रनाथ देवताका विभिन्न किसिमका गरगहना, गजुर र महत्वपूर्ण रुपमा लिइने भोटोसमेत पुरिएको हुँदा निकाल्ने काम जारी छ । बुङ्मतीमा रहेको मछिन्द्रनाथको मन्दिर भूकम्पमा पूर्ण रुपमा भत्किएपछि मछिन्द्रनाथको केही सामान पुरीएका थियो। गुठी संस्थान ललितपुरका प्रमुख रुद्रनाथ अधिकारीका अनुसार अहिलेसम्ममा देवताको साना र ठूला गजुर, भिमसेनको मूर्ति तामा र केही सुनको टुक्रा भेटीसकेको भएपनि मछिन्द्रनाथको मुख्य आकषर्ण मानिने भोटो भने अहिलेसम्म पनि भेटिएको छैन। भैरवनाथ र मछिन्द्रनाथको मन्दिर पुर्ण रुपमा भत्किएकाले देवताका धेरै सामानहरु पुरिएका छन्। ती सबै सामानहरु निकाल्नको लागि अझै पाँच छ दिनको समय लाग्ने उनले बताए। यस वर्ष मछिन्द्रनाथको बाह्र वर्षको मेला वैशाख छ गते रथारोहण गरी सुरु भइसकेको थियो। भूकम्पका कारणले गर्दा ९ गतेदेखि सुरु भएको रथ जात्रा समेत स्थगित भएको छ। रथ जात्रा कहिलेबाट सुरु हुने भन्ने एकिन भने भएको छैन।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...