नेभिगेशन
अन्य

घरभाडा बढाए कडा कारबाही

काठमाडौं । सरकारले भूकम्पको मारमा परेका बेला घरभाडा बढाउने धनीलाई तत्काल कडा कारबाही गर्ने भएको छ। मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरी काठमाडौं, भक्तपुर र ललितपुरका कुनै पनि घरधनीले भाडा बढाए कानुनअनुसार कडा कारबाही गर्ने जनाएको छ। ुभूकम्पबाट धेरै घर क्षति हुन पुगी विषम परिस्थिति सिर्जना भएको यस घडिमा काठमाडौं, भक्तपुर र ललिपुरका केही घरधनीले घरभाडा वृद्धि गरेका छन् भन्ने समाचारप्रति गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छु, गृह प्रवक्ता लक्ष्मीप्रसाद ढकालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘कसैबाट विषम परिस्थितिको फाइदा उठाउँदै घरभाडा वृद्धि गर्नेजस्ता कार्य भए गरेको पाइएमा कानुनबमोजिम सख्त कारबाही गर्न सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई निर्देशन गरिन्छ। गृहले पीडाका बेला सहयोग गर्नुपर्ने यस घडीमा उल्टो घर भाडा वृद्धि गर्ने कार्य सामाजिक, नैतिक र कानुनी दृष्टिकोणबाट समेत अनुपयुक्त भएकाले सबैलाई त्यस्ता कार्य नगर्न आग्रह गरेको छ। गृहले कसैबाट त्यस्तो कार्य भएको भेटिएमा तत्काल नजिकको सुरक्षा निकायको टेलिफोन नम्बर १००, कल सेन्टरको टेलिफोन नम्वर १२३४ र सशस्त्र प्रहरी बलको टेलिफोन नम्बर १११४ मा खबर गर्न पनि आग्रह गरेको छ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...