नेभिगेशन
अन्य

उच्चस्तरीय प्रभावशाली संयन्त्रको आवश्यकता छः गच्छदार

विराटनगर । मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले भूकम्पपीडित परिवारबीच राहत प्रदान गर्नेलगायत कार्यका लागि सबै राजनीतिक दल ऐक्यबद्ध भएर लाग्नुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दैै उनले संंसद्मा साझा सङ्कल्प प्रस्ताव प्रस्तुत हुने जानकारी गराए । सो प्रस्तावको माध्यमबाट एउटा उच्चस्तरीय प्रभावशाली संयुक्त संयन्त्र गठन गरी त्यसलाई राहत वितरण, पुनःसंरचनालगायत कार्यको स्थलगत निरीक्षण र मूल्याङ्कनलगायत अधिकार प्रदान गर्नुपर्ने सुझाव उनले दिए । भूकम्पपीडित परिवारको उद्धार र राहत वितरणमा विदेशी मुलुकका साथै विभिन्न दातृनिकायको भूमिका प्रशंसनीय रहेको र प्राप्त सहयोगलाई व्यवस्थित ढङ्गले सदुपयोग गर्नुपर्नेमा सबै सजग हुनुपर्ने उनले ल्याए । दुर्गम क्षेत्रका कतिपय पीडित परिवारबीच अहिलेसम्म राहत नपुगेको उल्लेख गर्दै उनले वर्षायाम नजिकिएकाले घरवारविहीन परिवारलाई अविलम्ब जस्तापाता उपलब्ध गराउन सरकारसँग माग गरे । उनले भने–‘संविधान निर्माणको प्रक्रियालाई थाती राखेर यतिखेर सबै पीडित परिवारलाई पुनःस्थापनातर्फ केन्द्रित हुनुपर्छ ’ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...