नेभिगेशन
अन्य

संसद् बैठकमा सङ्कल्प प्रस्ताव पेस

काठमाडौँ । भूकम्पबाट प्रभावित क्षेत्रका जनतालाई राहत दिने र पुनर्वासको व्यवस्था गर्न व्यवस्थापिका–संसद्को आज बस्ने बैठकमा सङ्कल्प प्रस्ताव पेस हुने भएको छ । भूकम्पपीडितलाई अल्पकालीन र दीर्घकालीन रुपमा राहत तथा पुनर्वासको व्यवस्थासहित सङ्कल्प प्रस्ताव तयारीका लागि आज प्रधानमन्त्री निवास बालुवाटार बसेको संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दल र स्वतन्त्र सभासद्को बैठकले सो सहमति गरेको हो । सर्वदलीय बैठकमा भूकम्पबाट भएको जनधनको क्षतिको आकलन गरेर अल्पकालीन र दीर्घकालीन राहतसहितको सङ्कल्प प्रस्ताव सबै दलको रायसुझावका आधारमा प्रस्तुत गर्ने विषयमा सहमति भएको नेकपा एमालेका उपाध्यक्ष विद्यादेवी भण्डारीले जानकारी दिइन् । आजको संसद्को बैठकको सुरुमा प्रधानमन्त्री सुशील कोइरालाले सम्बोधन गर्ने, त्यसपछि गृहमन्त्रीले भूकम्पबाट भएको जनधनको क्षतिको विवरण प्रस्तुत गर्ने, सबै दलका नेताले आआफ्ना दलको विचारसहित सम्बोधन गर्ने र सबैका राय समेटेर आजै सङ्कल्प प्रस्ताव पेस गर्नेबारेमा सहमति भएको छ । बैठकमा सिगों संसद् एक ठाउँमा उभिएर विपत्तिको सामना गर्ने, भूकम्प प्रभावित क्षेत्रमा घर निर्माण नभएसम्म अस्थायी बसोबासको व्यवस्था गर्ने, स्वास्थ्य, शिक्षा । खाद्यान्नको व्यवस्था, औषधोउपचार, खानेपानीलगायत सुविधा प्रदान गर्ने गरी सङ्कल्प प्रस्ताव ल्याउनुपर्ने विषयमा छलफल भएको नेपाली काँग्रेसका सहमहामन्त्री पूर्णबहादुर खडकाले जानकारी दिए । आजै यसअघि प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख तीन दल नेपाली काँग्रेस, एमाले र एमाओवादीका शीर्ष नेताको बैठकमा बसी सङ्कल्प प्रस्तावको विषयवस्तुका बारेमा छलफल भएको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै