नेभिगेशन
नेपाल समाचार

चितवन समाजले भूकम्प पीडितलाई प्रत्यक्ष सहयोग गर्ने

सिड्नी । चितवन समाज अस्ट्रेलियाले मुलुकमा गएको बिनासकारी भुकम्पले तहस नहस पारेको नेपाली समुदायलाई प्रत्यक्ष सहयोग पुर्याउने भएको छ । चितवन समाजको हालै बसेको बैठकले भुकम्प पीडीतहरुको सहयोगको लागि भण्डारा रेडक्रस मार्फत १० लाख रुपैया प्रत्यक्ष रुपमा प्रभावित क्षेत्रमा पठाउने निर्णय गरेको हो । मुलुक नै प्रभावित हुने खाले ठुलो भुकम्पले जन धनको ठुलो क्षती पुर्याउदा हामी अस्ट्रेलियामा बस्ने नेपाली टुलुटलु हरेर बस्न सक्दैनौ, चितवन प्रभावित क्षेत्र नभएपनि नजिकैको धादिड. जिल्ला निकै प्रभावित भएकोले दश लाख रुपैया रेडक्रस मार्फत पठाउने निर्णय गरेका हौ चितवन समाजका अध्यक्ष बुद्धी डल्लाकोटीले बताए । चितवन समाज अस्ट्रेलियाले मुलुकको बिषम परिस्थितीलाई मध्यनजर गर्दै राहतस्वरुप हालका लागि दश लाख रुपैया पठाउने निधो गरेको समाजका उपाध्यक्ष केशव सापकोटाले नेपाल न्युज अस्ट्रेलियालाई बताए । उनले सो सहयोग भण्डारा रेडक्रम मार्फत धादिडका भुकम्प पीडीतलाई प्रत्यक्ष रुपमा राहत सामाग्रीमा खर्च गरिने जानकारी दिए । सापकोटाले पछि मुलुक पुर्न निमार्णका लागि पनि समाजले थप सहयोग पुरयाउने कुरा सुनाए । समाजका पुर्व अध्यक्ष सत्यप्रकाश कडेंलको संयोजकत्वमा सहयोग संकलन गरिएको हो । मुलुक आहत भएको बेला हामी बिदेशमा बस्ने नेपालीको मन कहा थामिन्छ ,सानो सहयोगले पनि केही पीडित नेपाली दाजुभाइको पिडामा मलम लगाउन सकिन्छ की भनेर सानो सहयोग गरेका हौ, कंडेंलेले प्रष्ट्याए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप नेपाल समाचार
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ ।