नेभिगेशन
अन्य

भूकम्पको धक्का कम हुँदै गएपछि जनजीवन क्रमशः सामान्य

काठमाडौं । वैशाख १२ गते गएको विनाशकारी भूकम्पको धक्का कम हुँदै गएपछि जनजीवन पनि सामान्य हुँदै गएको छ । मङ्गलबार चार रेक्टर स्केलभन्दा माथिका तीन भूकम्प गएको थियो भने आज बिहान भूकम्प नगएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । गत शनिबारदेखि हालसम्म चार रेक्टर स्केलभन्दा माथिका १४५ वटा भूकम्पको धक्का महसुस गरिएको र क्रमशः भूकम्पको धक्का कम हुँदै गइरहेकोे केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए । छ रेक्टर स्केलभन्दामुनिका भूकम्पले कुनै असर नगर्ने भएकाले ससाना धक्का आउँदा आत्तिनुपर्ने अवस्था नभएको र ठूलो रेक्टर स्केलको भूकम्प आएको हुनाले ससाना धक्का महिनौंसम्म जान सक्ने विज्ञहरुको भनाइ छ । केन्द्रका प्रमुख अधिकारीले ठूलो भूकम्प गएपछि स–साना भूकम्प गइरहँदा ठूलो भूकम्प जान नपाउने हुनाले साना भूकम्प गइरहँदा राम्रो हुने र यसले कुनै असर नगर्ने बताए । भूकम्पको धक्का कम हुँदै जाँदा उपत्यकाको जनजीवन पनि सामान्य बन्दै गएको छ । इन्जिनियरको सल्लाहमा बस्न मिल्ने घरमा सर्वसाधारण बस्न थालेका छन् भने बस्न नमिल्ने घरमा वैकल्पिक व्यवस्थाको खोजीमा लागेका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै