नेभिगेशन
अन्य

भूकम्पले सगरमाथाको उचाइ घट्यो, काठमाडौको बढ्यो

काठमाडौ । भारतीय उपमहाद्वीप र तिब्बती बाहृय पटल प्लेटबीचको जुधाइले सिर्जित विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ सोही कारणले यसपटक घटेको बताइएको छ ।गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर गएको विनाशकारी भूकम्पले एकातिर सगरमाथाको उचाइ कम गरेको छ भने काठमाडौ उपत्यकाको उचाई बढाएको छ । युरोपको सेन्टिनियल–१ ए भूउपग्रहले बुधवार भूकम्प प्रभावित क्षेत्रमाथिबाट जाँदै लिएको तथ्यांकको प्रारम्भिक विश्लेषणले सगरमाथाको उचाइ २.८ सेन्टिमिटर कम भएको देखाइएको छ । डिस्कभरी र लाइभ साइन्स जर्नलको अनलाइन संस्करणले यससम्बन्धी जानकारी दिएको छ । यससँगै भूकम्पले गर्दा काठमाडौ वरिपरि १२० किलोमिटर लामो र ५० किलोमिटर चौडा क्षेत्रफलको सतह करिब एक मिटरमाथि उठेको छ । यसैकारण नै काठमाडौमा ठूलो क्षति भएको अनुमान गरिएको छ ।भूउपग्रहले भूकम्प पहिले र पछि उपलब्ध गराएको तथ्यांकको तुलनात्मक अध्ययन वैज्ञानिकहरुले गरेका थिए । इन्टरफेरोग्रम भनिने तस्वीरको आधारमा सगरमाथा र काठमाडौको धरातलीय अवस्था विश्लेषण गरिएको डिस्कभरीले जनाएको छ । बेलायतको लिड्स विश्वविद्यालयका जियोफिजिसिस्ट टिम राइटले काठमाडौदेखि १७ किलोमिटर उत्तरमा सबैभन्दा बढी जमिनको सतह माथि उठेको जानकारी दिएका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै