नेभिगेशन
अन्य

तीनदल संसदमा लैजाने संकल्प प्रस्तावको तयारीमा

काठमाडौं । भूकम्पबाट सिर्जित राष्ट्रिय विपत्तिको घडीमा जनसहयोग तथा पुनःस्थापनाको साथै भौतिक संरचनाको पुनः निर्माणबारे व्यवस्थापिका संसद्को आगामी बैठकमा प्रस्तुत गर्ने संकल्प प्रस्ताव तयारीमा प्रमुख तीन जुटेका छन् । भूकम्प प्रभावित संरचनाको पुनः निर्माण र पुनः स्थापनाको कार्यमा कसरी जुट्ने भन्नेबारे दलहरुबीच छलफल चलिरहेको र आज अपराह्न ४ वजे मुख्य दलका शीर्ष नेताहरुको बैठक बसेर खाका तयार गरी सभामुखसमक्ष प्रस्तुत गर्ने बताइएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा मंगलवार साँझ सत्तारुढ नेपाली काँग्रेस र नेकपा एमाले तथा प्रमुख प्रतिपक्षी दल एमाओवादीका शीर्ष नेताहरुबीच संकल्प प्रस्तावका बिषयमा केन्द्रित रहेर छलफल भएको थियो । बैठकमा सहभागी नेकपा एमालेका उपाध्यक्ष भीम रावलले तीन दलको बैठकमा भूकम्प प्रभावित जनताका आवश्यकता सम्बोधन र भौतिक संरचनाको पुनः निर्माणबारे छलफल भएको जानकारी दिए । तीन दलको बैठमा तीनवटै दलका नेताले संकल्प प्रस्तावमा समेटिनुपर्ने विषयबारे दलगत धारणा प्रस्तुत भएको बताए । नेपाली काँग्रेसका सह महामन्त्री पूर्णबहादुर खड्काले राष्ट्रिय विपत्तिका बेला संसद् एक ठाउँमा उभिएर सङकटको सामना गर्ने खालको सङ्कल्प प्रस्ताव तयार गर्नेबारे तीन दलबीच विचारविमर्श भएको बताए । व्यवस्थापिका–संसद्को आगामी बैठक यही वैशाख २४ गते अपराह्न ३ बजे बस्ने छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै