नेभिगेशन
अन्य

भूकम्पबाट सात हजार पाँच सय सन्ताउन्नको मृत्यु

काठमाडौं । विनाशकारी भूकम्पबाट मर्नेको संख्या ७ हजार ५ सय ५७ पुगेको छ । गृहमन्त्रालयले आज शिहान उपलब्ध गराएको विवरणअनुसार घाइतेको संख्या १४ हजार ५ सय ३६ पुगेको छ । यस अवधिमा १० हजार ७ सय १८ सरकारी घर तथा भवन पूर्णरूपमा क्षति भएका छन् भने १४ हजार ७ सय ४१ घर तथा भवन आंशिक क्षति भएका छन् । सर्वसाधारणका एक लाख ९१ हजार ५८ घर पूर्णरूपमा क्षति भएका छन् भने एक लाख ७५ हजार १ सय ६२ घर आंशिक क्षति भएको छ । जनगणना २०६८ का अनुसार नेपालका कुल ५४ लाख ७७ हजार २ सय २४ घरधुरीमध्ये ७.१५ प्रतिशत घर क्षति भएका छन् । सबैभन्दा बढी सिन्धुपाल्चोक जिल्लामा दुई हजार ९ सय ११ जना, काठमाडौँमा एक हजार २ सय २ जना र नुवाकोटमा ९ सय ४ जनाको मृत्यु भएको गृह मन्त्रालयले जानकारी दिएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै