नेभिगेशन
नेपाल समाचार

गोर्खा, लम्जुङ्ग र काभ्रेका भूकम्प पिडितलाई एनआरएन राहत प्याकेज

सिड्नी । गैरअवासीय नेपाली संघले नेपालको भूकम्पपिडितका लागी तयार पारेको राहत प्याकेज प्रभावित गाउँहरुमा पुगेको छ । आइतवार गोर्खाको लाप्राक र दुम्जा गाउँ तथा लमजुङ्गको इलाम पोखरी, दूधपोखरी र बिचौर गाउँमा राहत सामाग्री वितरण गरिएको छ । गोर्खाको लाप्राक सवैभन्दा धेरै क्ष्ति भएको र अहिलेसम्म राहत पुग्न नसकेको ठाउँ हो जहाँ करिव एक हजार धर परिवार प्रभावित भएका छन् । शनिवार काठमाण्डौंबाट ट्रकमा गोर्खा पुर्याइएको राहत सामाग्री आइतवार दिनभर नेपाली सेनाको हेलिकप्टरमार्फत ती दूर्गम गाउँहरुमा पुर्याइ वितरण गरिएको हो । संघले गोर्खामा १ हजार थान पाल, १ हजार कार्टुन चाउचाउ, १ हजार ७ सय किलो चिउरा, २ हजार थान कम्बल र २ हजार ५ सय किलो चामल वितरण गरेको छ ।p5 यसैगरी लम्जुङ्गमा १ हजार थान पाल, २ हजार थान कम्बल, १ हजार किलो चिउरा, १ हजार कार्टुन चाउचाउ र २२५ बोरा चामल वितरण गरेको छ । राहत सामाग्री पुर्याउने तथा वितरण गर्ने प्रकृयामा बिभिन्न देशबाट आउनुभएका गैरआवासीय नेपाली स्वयंसेवकहरुसंगै संघका अध्यक्ष शेष घले र उपाध्यक्ष भवन भट्ट प्रत्यक्षरुपमा सहभागी हुनुहुन्थ्यो । संघले स्थानीय समाजसेवी, सुरक्षा निकाय तथा गाविस सचिवको रोबरमा पिडित स्थानीयवासीहरुलाई रहात वितरण गरेको छ । राहत वितरणमा ती दूर्गम गाउँमा खटिएका नेपाली सेना र नेपाल प्रहरीले महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो ।p1 यसैगरी काभ्रे जिल्लाको चौबाटे चौकी, भुर्मुटारमा पनि आजै राहत सामाग्री वितरण गरिएको छ । यस वितरण कार्यमा अमेरिकाज्का क्षेत्रिय उपसंयोजक सोनाम लामा तथा एनआरएन लोक तिवारी पनि समावेश हुनुहुन्थ्यो । काभ्रेमा ४ सय थान पाल, १ हजार कार्टुन चाउचाउ, १ हजार किलो चिउरा र १ हजार थान कम्बल वितरण गरिएको छ ।p3 गैरआवासीय नेपाली संघले नुवाकोटका लागी पाल ८५९, चाउचाउ १००० कार्टुन तथा कम्बल १६५० थान राहत सामाग्री आइतवार साँझ त्यस तर्फ पठाएको छ, जुन सोमवार वितरण गर्ने योजना रहेको छ । नुवाकोटमा संघका तर्फबाट निवर्तमान अध्यक्ष जिवा लामिछाने, उपाध्यक्ष टि.वि. कार्की, कोषाध्यक्ष बद्री केसी, महिला संयोजक शपिला राजभण्डारी तथा अष्ट्रेलियाका एनआरएन नरेश थापा सहभागी हुनुहुन्थ्यो ।p4 यसैगरी जर्मनीका एनआरएन सन्तोष भट्टराईको संयोजकत्वमा धादिङ्ग जिल्लामा राहत वितरण गर्न तथा स्वास्थ शिविर संचालन गर्न स्वास्थ स्वयंसेवकहरु सहितको टोली त्यस तर्फ प्रस्थान गरेको छ । धादिङ्गमा सोमवार स्वास्थ शिविर संचालन तथा राहत वितरण गर्ने योजना रहेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप नेपाल समाचार
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ ।