नेभिगेशन
अन्य

संसदमा भूकम्प पीडितका लागि विशेष संकल्प प्रस्ताव ल्याइने

काठमाडौं । सरकारले संसदको आगामी बैठकमा भूकम्प प्रभावित क्षेत्रका बासिन्दाका लागि राहत तथा पुनःस्थापनासहितको विशेष संकल्प प्रस्ताव पेस गर्ने भएको छ । व्यवस्थापिका(संसदको बैठक आउँदो २४ गते बस्दैछ । सो बैठकमा सबै दलको तर्फबाट साझा कार्यक्रम पेश गर्ने सरकारको तयारी छ । विपत्तिमा सत्तापक्ष वा विपक्ष भन्नुभन्दा पनि एकढिक्का भएर भूकम्प प्रभावित क्षेत्रका लागि राहत र पुनःस्थापनाको दीर्घकालीन कार्ययोजना कस्तो बनाउने भन्नेबारे सोमबार नेपाली काँग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादीका शीर्ष नेताहरुको बैठक बसेको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले राहत र उद्धारका लागि सरकारका तर्फबाट विशेष संकल्प प्रस्ताव ल्याउन र त्यसमा सबै दलको समझदारी जुटाउन प्रधानमन्त्री सुशील कोइरालालाई जिम्मा दिएको छ । ‘भूकम्प प्रभावित क्षेत्रमा उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माणको कामलाई कसरी व्यवस्थित गर्ने र राष्ट्रिय संकटको यस घडीमा सम्पूर्ण दल एकताबद्ध भएर संकल्पका साथ कसरी अगाडि बढ्ने सहमति भयो,’एमाले उपाध्यक्ष भीम रावलले भने । भूकम्पबाट प्रभावितहरुलाई राहत, उद्धार र पुनःस्थापनाको कामका लागि विभिन्न मुलुकबाट आएका सहयोगी टोलीलाई प्रमुख दलको बैठकले धन्यवाद दिएको छ । ति टोलीलाई आ–आफ्ना देश फर्कन सरकारले यसअघि गरेको आग्रहमा प्रमुख दलले सहमतिसमेत जनाएका छन् । एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठका अनुसार उद्धारको काम अन्तिम चरणमा पुगेकाले आवश्यक विज्ञ टोलीबाहेक अन्य सबैलाई धन्यवाद दिई आ–आफ्ना देश फर्काउने सरकारको निर्णयमा प्रमुख दलले सहमति जनाएका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै