नेभिगेशन
अन्य

भूकम्पको धक्का जारी तर असर क्रमशः न्यून

काठमाडौं । आज बिहान ४ बजेर ५९ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्र भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यससँगै गत शनिबारदेखि हालसम्म चार रेक्टर स्केलभन्दा माथिका १ सय ३४ वटा भूकम्पको धक्का महसुस गरिएको र तुलनात्मक रूपमा भूकम्पका धक्का क्रमशः कम हुँदै गइरहेको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए । उनका अनुसार भूकम्पको धक्का तुलनात्मक रुपमा क्रमशः न्यून हुँदै गएको छ । छ रेक्टर स्केलभन्दा मुनिका भूकम्पले कुनै असर नगर्ने भएकाले ससाना धक्का आउँदा आत्तिनुपर्ने अवस्था छैन । ठूलो रेक्टर स्केलको भूकम्प आएको हुनाले ससाना धक्का महिनाँैसम्म जान सक्छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...