नेभिगेशन
अन्य

सरकारद्धारा त्रिपाल खरिदका लागि सार्वजानिक आह्वान

काठमाडौ । सहरी बिकास मन्त्रालयले भूकम्प प्रभावित क्षेत्रमा त्रिपाल अपुग भएपछि खरिदका लागि विना टेण्डर प्रस्ताव माग गरेको छ । सार्वजनिक खरिद ऐन अनुसार राष्ट्रिय विपतका बेला बिना टेण्डर सामान खरिद गर्ने छुट सरकारलाई छ । पीडित परिवारलाई तत्काल राहतका लागि उपलब्ध गराउन विभिन्न साइजका त्रिपाल आवश्यक परेकाले उत्पादक वा विक्रेताहरुलाई प्रस्ताव पेश गर्न सहरी विकास मन्त्रालयले गोरखापत्र सार्वजनिक सूचना जारी गरेको छ । मन्त्रालयले जारी गरेको सुचनामा भनिएको छ–‘ बिभिन्न साइजका तारपोलिन त्रिपाल आवश्यक परेकोले इच्छुक उत्पादक बिक्रेताहरुले अफुसंग भएको मौजदात आपुर्ति गर्न सक्ने परिणाम, नमुना र दररेट समेत खुलाई बैशाख २२ गते ५ वजेभित्र पेश गर्नु हुन सार्वजानिक आह्वान गरिन्छ ।’ मन्त्रिपरिषदले त्रिपाल खरिद गर्ने जिम्मा सहरी विकास मन्त्रालयलाई दिएपछि सहरी बिकास मन्त्रालयले त्रिपाल खरिदका लागि प्रक्रिया अगाडि बढाएको हो । यसैवीच भूकम्प पीडितहरुका लागि अत्यावश्यक भएको त्रिपाल खरिदमा सरकारले भन्सार छुट दिएको छ । सरकारले पीडितहरुको राहतमा सहयोग पुगोस् भनेर त्रिपाल एवम् पालहरुको आयातमा लाग्ने सम्पूर्ण भन्सार तथा करहरु वैशाख १९ देखि जेठ २० गतेसम्मका लागि छुट गरेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै