नेभिगेशन
अन्य

भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या सात हजार ४०, डेढलाख घर भत्केको प्रराम्भिक आंकलन

काठमाडौँ । विनाशकारी भूकम्पमा परी हालसम्म मुलुकभर सात हजार ४० जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालय मातहतको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार भूकम्पबाट घाइते हुनेको सङ्ख्या १४ हजार ३९८ पुगेको छ । भूकम्पका कारण १० हजार ४७७ सरकारी घर तथा भवन पूर्णरुपमा क्षति भएका छन् । आंशिकरुपमा १४ हजार १६८ घर तथा भवन क्षति भएका छन् । सर्वसाधारणका एक लाख ४१ हजार २३३ घर पूर्ण क्षति भएका छन् भने आंशिक एक लाख ४९ हजार ६५९ घर क्षति भएका छन् । पूर्वाञ्चलमा ५२, मध्यमाञ्चलमा छ हजार ३६९, पश्चिमाञ्चलमा ४१८ र मध्यपश्चिमाञ्चलमा दुई जनाको मृत्यु भएको केन्द्रले जनाएको छ । सिन्धुपाल्चोकमा दुई हजार ५८०, नुवाकोटमा ६५९, गोरखामा ४१०, काभ्रेमा ३११ र रसुवामा ३०६ जनाको मृत्यु भएको छ । यसैबीच गृहमन्त्रालयको शनिबारसम्मको तथ्यांकअनुसार पूर्णरुपमा क्षति भएका घरको संख्या १ लाख ३० हजार ४ सय ८९ छ भने आंशिक क्षति पुगेका घरको संख्या १ लाख ३४ हजार ९ सय ६३ छ । यो तथ्य अनुसार हालसम्म २ लाख ६५ हजार ४ सय ५२ वटा घरमा भूकम्पले असर पुर्‍याएको छ । तर, यो सूचीमा बढी क्षति भएका सिन्धुपाल्चोक र रामेछाप जिल्लाका घरहरुको क्षतिको विवरण समावेश छैन । त्यहाँको क्षतिको आँकलन एक सातासम्म गर्न सकिएको छैन । त्यसैगरी अढाइलाख घरहरुको क्षतिको यो सूचीमा विद्यालय र सरकारी भवनहरुको पनि तथ्य समावेश छैन । सरकारले क्षतिका हिसाबले गम्भीर जिल्लाका रुपमा छुट्याएका १३ जिल्लाभित्र पूर्वाञ्चलको ओखलढुंगालाई राखेको छ । तर, १८ जनाको मृत्यु र २४ जना घाइते भएको ओखलढुंगामा भन्दा निजी घरहरुमा पुगेको क्षतिको हिसाबले भोजपुर बढी पीडित देखिएको छ । भोजपुरमा ५४८ वटा घर पूर्णरुपमा क्षतिग्रस्त भएको गृहमन्त्रालयको तथ्यांकमा उल्लेख छ भने ४ सय १६ वटा घरमा आंशिक क्षति पुगेको छ । पूर्वाञ्चलका १६ जिल्लामध्ये भोजपुरमा सबैधन्दा धेरै घरहरु भत्किएका छन् । भोजपुरपछि सोलुखुम्बुमा धेरै घर भत्किएका छन् । सोलुमा १५७ घर पूर्यारुपमा क्षतिग्रस्त भएका छन् भने २ सय घरमा आंशिक क्षति पुगेको छ । सप्तरी र सिरहामा केही घरमा आशिंक क्षति पुगे पनि बस्नै नहुने गरी घर नभत्किएको गृहमन्त्रालयले जनाएको छ । त्यस्तै इलाम, झापा, ताप्लेजुङ तेह्रथुम लगायतका जिल्लामा बस्नै नहुने गरी भत्किएका घरको संख्या कमै छ । पाँचथरमा ३२, संखुवासभामा १८, धनकुटामा १५, उदरपुरमा ३३, ओखलढुंगामा ३६ र खोटाङमा ३९ वटा घरहरु पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । शनिबारसम्मको गृहको तथ्यांकअनुसार काठमाडौंमा भन्दा नुवाकोट र काभ्रे जिल्लामा बढी घर भत्किएका छन् । काठमाडौंमा १७ हजार ७ सय ५० वटा छरहरु बस्नै नहुने गरी भत्किएका छन् भने नुवाकोट र काभ्रेमा ३०र३० हजार घरहरु पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । काठमाडौंमा २० हजार ३ सय घरहरुमा आंशिक क्ष्ति पुगेको छ भने दोलखामा मात्रै ३५ हजार घरहरुमा आंशिक क्षति पुगेको छ । सबैभन्दा बढीको मृत्यु भएको सिन्धुपाल्चोकबाट घरहरुको क्षतिको विवरण नआए पनि मध्यमाञ्चलमा सबैभन्दा बढी घर भत्कने जिल्ला सिन्धुलपाल्चोक नै रहेको अनुमान गरिएको छ । ललितपुरका १६ हजार भन्दा बढी र भक्तपुरमा ९ हजार घर पूर्णरुपमा क्षतिग्रस्त भएको गृहमन्त्रालयको प्रारम्भिक विश्लेषण छ । उपत्यका आसपासका मकवानपुर र धादिङको क्षति नुवाकोटगायतका जिल्लाको तुलनामा निकै कम छ । गोरखालाई केन्द्रविन्दु बनाएर आएको भूकम्पका कारण मध्यमाञ्चल र मध्य पश्चिमका जिल्लामा बढी क्षति पुगेको छ । पूर्वाञ्चल र सुदुरपश्चिमका जिल्लामा क्षति कम हुँदै गएको छ । तराईमा पनि भूकम्पको क्षति न्यून छ । भूकम्पको केन्द्रका रुपमा रहेको गोरखामा निकै ठूलो क्षति भएको छ । तर, सो जिल्लामा कति घर भत्किए भन्ने तथ्यांक शनिबारसम्म गृह मन्त्रालयमा आइपुगेको छैन । गोरखाबाहेक लमजुङमा बढी घरहरु भत्किएका छन् । गृहमन्त्रालयका अनुसार लमजुङमा २ हजार १ सय ४३ वटा घरहरु पूर्णरुपमा क्षतिग्रस्त भएका छन् भने २ हजार ५ सय ११ वटा घरमा आंशिक क्षति पुगेको छ । स्याङजामा १८ सय र तनहुँमा ८ सय घरहरु बस्न नहुने गरी पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । बाग्लुङमा ४२८ र मुस्ताङमा २३ घरमा पूर्ण क्षति भएको छ भने रोल्पामा २९ र रुकुममा २६ घरमा पूर्ण क्षति भएको गृहमन्त्रालयको प्रारम्भिक तथ्यांक छ । कास्कीमा १७४ घरमा पूर्ण क्षति पुगेको छ भने ७ सय घरहरुमा आंशिक क्षति पुगेको छ । गुल्मीमा ५०७, पाल्पामा ३५३ र अर्घाखाँचीमा १ सय वटा घरहरुमा पूर्ण क्षति पुगेको छ । पश्चिममा भूकम्पले क्षति नपुर्‍याए पनि जाजरकोट डोल्पासम्म भूकम्पले असर पुर्‍याएको छ । उद्दार कार्य जारी रहेको र क्षतिको विवरण आउने क्रम नसकिएकाले गृहमन्त्रालयले सार्वजनिक गरेको यो तथ्यांक अझै बढ्ने अनुमान गरिएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै