नेभिगेशन
अन्य

मृतक संख्या १० हजार पुग्नसक्ने प्रधानसेनापतिको आशंका

काठमाडौ । प्रधानसेनापति गौरवशमशेर जबराले महाभूकम्पमा मृत्यु हुनेको संख्या १० हजार नाघ्ने आँकलन गरेका छन् । शुक्रबार सैनिक मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले शुक्रबार दिउँसोसम्म मृत्यु भएकाको संख्या ६ हजार दुई सय ४ पुगेको जानकारी दिए । ‘पुरिएको अवस्थामा अझै ४ हजारको हाराहारीमा हुन सक्छन्,’ उनले भने, ‘उद्धार सक्रियतापूर्वक भइरहेको छ ।’ सैनिक मुख्यालयका अनुसार हालसम्म १३ हजार ९ सय ३२ जना घाइते पुगेका छन् । घरबारविहीन हुने संख्या २४ हजार ८ सय १२ छ । ‘हालसम्म उद्दारलाई प्राथमिकता दिनुपरेकाले राहत वितरण भने प्रभावकारी हुन नसकेको उनले स्वीकारे । ‘दुइटैलाई सँगसँगै लैजान सजिलो छैन’, प्रधानसेनापतिले भने, ‘अबको ध्यान राहततर्फ केन्द्रित हुनेछ ।’ विदेशबाट राहत तथा उद्दारका लागि ६५ वटा टोली आएको र नेपाली सेनाको संयोजनमा खटिइरहेको राणाले बताए । इन्डियन एयरफोर्सको टोलीले आफूखुसी गरिरहेको भन्ने जिज्ञासामा उनले भने, ‘सुरुमा अनकन्ट्रोल्ड भएकै हो । हामीले कन्ट्रोल गरिसक्यौं ।’ उनले आफूहरुले बोलाएर र असल भावनाले आएको हुनाले कुनै देशको टोलीको आलोचना गर्नु उचित नहुने बताए । ‘हामी सार्वभौम जनता हौं, नआऊ भन्नु भएन,’ उनले भने । उद्दार र राहत वितरणको नेतृत्व गरिरहेको नेपाली सेनाका प्रमुखलाई सञ्चारकर्मीले राहत विमानस्थलमा रोकिएको, सहयोग गर्न चाहनलेलाई केन्द्रमा राष्ट्रबैंक र जिल्लामा सीडीओको तगारो लागेकोबारे ध्यानाकर्षण गराउँदै सरोकारका बैठकमा कुरा उठाउन सुझाएका थिए । ‘‘हामीसँग सिस्टम छ । त्यसलाई कानुनअनुसार सक्रिय गराए अरु चाहिँदैन’, राणाले भने,‘‘नयाँ सिर्जना गर्न खोजे समस्या हुन्छ ।’ सेनाले विदेशबाट ३० वटा मेडिकल टिम आएर उपचारमा खटिरहेको जानकारीसमेत दियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै