नेभिगेशन
अन्य

अहिलेसम्म पाँच हजार ४८९ जनाको मृत्यु

काठमाडौँ । महाभूकम्पमा परी अहिलेसम्म देशभर पाँच हजार ४८९ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालय मातहतको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार भूकम्पबाट घाइते हुनेको संख्या अहिलेसम्म १० हजार ९६५ पुगेको छ । जसमध्ये सबैभन्दा बढी सिन्धुपाल्चोकमा एक हजार ५८७, नुवाकोटमा ७०७, धादिङमा ५२७, गोरखामा ४०५, काभ्रेमा २७५ तथा काठमाडौँमा एक हजार ३९, भक्तपुरमा २५२ र ललितपुरमा १६८ जनाको मृत्यु भएको छ । भूकम्प प्रभावित विभिन्न जिल्लाबाट विवरण आउने क्रम जारी रहेकाले यो सङ्ख्या धेरै बढ्ने अनुमान गरिएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...