नेभिगेशन
अन्य

एनआरएनद्धारा १० करोड सहयोग, अध्यक्ष घलेलेमात्रै २ करोड दिए

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएन)ले भूकम्प पीडितको उद्दार र राहतमा १० करोड रुपैया सहयोग गर्ने घोषणा गरेको छ । संघका अध्यक्ष शेष घले र उनकी श्रीमती जमुना गुरुङले एमआईटी ग्रुप फाउण्डेसनमार्फत् २ करोड तथा उपाध्यक्ष भवन भट्टले १ करोड दिएको एनआरएनले जनाएको छ । संघले यो सहयोग पहिलो चरणको हुने जनाएको छ । संघले आफ्ना सदश्यहरुलाई सहयोग गर्न पनि आग्रह गरेको छ । अहिलेसम्म ७ करोड उठीसकेको पनि एनआरएनले जनाएको छ । संघले उद्दार र राहतका काम पहिलो चरणमा बढी प्रभावित सिन्धुपाल्चोक, गोरखा, नुवाकोट, धादिङ, रसुवा, काभ्रे र रामेछाप जिल्लाहरुमा मात्रै गर्नेछ । पहिलो चरणमा १० हजार परिवारलाई सहयोग पु¥याउने एनआरएनले लक्ष्य लिएको छ । महामारी फैलिनसक्ने डर भएका क्षेत्रमा १ हजार स्वास्थ्यकर्मी परिचालन गर्ने पनि संघले बताएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...