नेभिगेशन
अन्य

खानेपानीको समस्या भोलिबाट सहज घरको धारामै आउन भने केही दिन लाग्ने

काठमाडौं । भुकम्पपछि राजधानीमा देखिएको खानेपानीको समस्या भोलिबाट सहज हुने भएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले उपत्यका खानेपानी स्रोत ट्यांकर व्यवसायी संघ लगायतका सरोकारवाला निकायसँग समन्वय गरेर खानेपानीको व्यवस्था गरिरहेको छ । राजधानीका विभिन्न स्थानमा बसेका सर्वसाधारणलाई खानेपानी वितरण गर्न २ सय ५० भन्दा बढी ट्याङकर परिचालन गरिएको उपत्यका खानेपानी स्रोत ट्यांकर व्यवसायी संघका अध्यक्ष विष्णु रिमालले जानकारी दिए । जार र मिनिरल वाटरको पनि अभाव छ । ललितपुरको लागि सातदोबाटो, काठमाडौंका लागि चोभार जोरपाटी तथा भक्तपुरका विभिन्न स्थानमा खानेपानीका लागि अस्थायी कार्यालय खोलिएको छ । घरको धारामा नै भने पानी आउन केही दिन अझै लाग्ने काठमाडौं उपत्यका खानेपानी प्राधिकरणले जनाएको छ र भुकम्पका कारण खानेपानीको पाइपहरु फुटेका कारण पानी धारामा छोड्न नसकिएको हो । साथै सेना, प्रहरी, सशस्त्र प्रहरीले पनि आफूसँग भएका ट्यांकरबाट पानी वितरण गर्दै आइरहेका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...