नेभिगेशन
अन्य

भूकम्पमा मृत्यु हुने ५ हजार नजिक

काठमान्डौं । महाभुकम्पमा परी बुधबार बिहानसम्म चार हजार ९८५ जनाको मृत्यु भएको पुष्टि नेपाल प्रहरीले गरेको छ । भुकम्पमा अहिलेसम्म नौ हजार ९६३ जना घाइते भएका छन् । उपत्यकाको काठमाडौंमा मात्रै एक हजार ३९ जनाको मृत्यु भएको छ । त्यसैगरी भक्तपुरमा २५० जना र ललितपुरमा १५९ जनाको ज्यान गएको छ । काठमाडौंमा २४ सय, भक्तपुरमा एक हजार ८८६ र ललितपुरमा एक हजार ९० जना घाइते छन् । यसैगरी पूर्व क्षेत्रमा ५१, मध्यक्षेत्रमा दुई हजार ८८५, पश्चिम क्षेत्रमा ३९९ र मध्य पश्चिम क्षेत्रमा २ जनाको ज्यान गएको छ भने पूर्व क्षेत्रमा २१६, मध्यक्षेत्रमा तीन हजार २२१, पश्चिम क्षेत्रमा एक हजार १३० र मध्य पश्चिम क्षेत्रमा २० जना घाइते भएका छन् । यसैगरी विभिन्न मुलुकका गरी काठमाडौंमा ९, सोखुम्बुमा ७, मकवानपुरमा १ जना गरी १७ जना पर्यटकले ज्यान गुमाएका छन् । हालसम्म काठमाडौंमा ९४९, भक्तपुरमा २५०, ललितपुरमा १५९, पूर्व क्षेत्रमा २९, मध्यक्षेत्रमा दुई हजार ७६५, पश्चिम क्षेत्रमा २२९ र मध्य पश्चिम क्षेत्रमा २ जना गरी जम्मा चार हजार ३८३ जनाको शब आफन्तलाई बुझाइएको प्रहरीले जानकारी दिएको छ । बाँकी शबहरु विभिन्न अस्पतालहरुमा रहेको हुँदा शव सनाखतको लागि पहल भइरहेको जानकारी प्रहरीले दिएको छ । साथै हराएका तथा खोजीमा रहेका व्यक्तिहरुका आफन्तहरुले पहिचानको लागि नजिकको अस्पताल वा प्रहरी कार्यालयमा गई सूचना दिन हुनसमेत नेपाल प्रहरीले अनुरोध गरेको छ । नेपाल प्रहरी समेत सहभागी विपद व्यवस्थापन संयुक्त टोलीले काठमाडौं उपत्यका लगायतका प्रभावित क्षेत्रमा खाद्यान्न, त्रिपाल र पानी वितरण गरिरहेको जानकारी प्रहरीले दिएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै