नेभिगेशन
अन्य

ठुलो भर्याङ क्षेत्रबाट ५५ पचपन्न जनाको जीवितै उद्दार

काठमाडौं । काठमाडौँ महानगरपालिका–१५ स्थित ठाडो भर्याङ क्षेत्रबाट हालसम्म ५५ जनाको जीवितै उद्दार र ४८ जनाको शव निकालिएको छ । जीवनमार्ग बहुउद्देशीय सहकारी, म्याक्डोनाल्ड रेस्टुराँ, एक चर्च र अन्य दुई घरबाट गरी उक्त संख्यामा उद्दार गरिएको हो । ती भवनमा अझै १० जना हराइरहेको हुनसक्ने आशंका गरिएको छ । उक्त क्षेत्रमा नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी, टर्कीस टोली र भारतीय टोली पनि उद्धारमा खटिएको छ । यस क्षेत्रमा लगातार खटिएका मिलन टोल सुधार समितिका अध्यक्ष भीमसेन पोखरेलले शनिबारदेखि आजसम्म लगातार उद्दार कार्यलाई जारी राखिएको बताए । उनले ठूला भवन एकै स्थानमा रहेको र ठूलो सङ्ख्यामा मानिस भेला हुने सहकारी, चर्च र रेष्टुराँ एउटै लाइनमा रहेकाले पनि हताहत हुनेको संख्या बढी भएको बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...