नेभिगेशन
अन्य

मोरक्कोद्वारा दश करोड सहयोग

काठमाडौं । अफ्रिकी मुलुक मोरक्कोले नेपालका भूकम्प पीडितहरूको सहयोगार्थ दश करोड उपलब्ध गराउने घोषणा गरेको छ । मोरक्कोका नरेश मोहम्मद छैटौँको निर्देशनमा त्यहाँको विदेश मन्त्रालयले उक्त रकम अनुदानस्वरुप आपत्कालीन सहायता उपलब्ध गराउने निर्णय गरेको नेपालका लागि मोरक्कोका अवैतनिक वाणिज्यदूत वसन्तकुमार चौधरीले बताए । आपत्कालीन सहायतास्वरुप प्रदान गरिएको उक्त रकम संयुक्त राष्ट्रसङ्घमार्फत परिचालन हुने जानकारी पनि उनले दिए । प्राकृतिक विपद्को वर्तमान विषम अवस्थामा मोरक्कोले सहायता रकम उपलब्ध गराउने घोषणा गरेर नेपाल र नेपालीप्रति सहानुभूति एवम् ऐक्यबद्धता प्रस्तुत गरेको उनले बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...