नेभिगेशन
अन्य

भूकम्पमा मृत्यु हुनेको संख्या ४७ सय नाघ्यो

काठमाडौ । शनिबार गएको महाभूकम्पमा परी मृत्यु हुनेको संख्या ४७ सय नाघेको छ । भूकम्पमा परी मृत्यु हुनेको संख्या ४ हजार ७ सय ६९ पुगेको प्रहरीले जनाएको छ । सबैभन्दा बढी मानवीय क्षति सिन्धुपाल्चोक जिल्लामा भएको छ । सिन्धुपाल्चोकमा हालसम्म १ हजार २ सय ६० को मृत्यु भएको प्रहरीले जनाएको छ । काठमाडौंमा मात्रै १० हजार ३९ जनाको मृत्यु भएको छ । उपत्यकामा मृतकको संख्या १ हजार ४ सय ४८ पुगेको छ । उपत्यकाबाहेक नुवाकोट, धादिङ, रसुवा र काभ्रेमा पनि मृतकको संख्या अधिक छ । नुवाकोटमा ५६० जनाले ज्यान गुमाएका छन् । धादिङमा मृतकको संख्या ३५५ छ । रसुवामा ३०२ को मृत्यु भएको छ । काठमाडौंमा मात्रै २ हजार १ सय ३२ जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । भक्तपुरका १८६९ घाइतेको उपचार भइरहेको प्रहरीले जनाएको छ । ललितपुरमा घाइतेको संख्या १६० छ । काभ्रेमा घाइतेको संख्या ८४८ छ भने रसुवामा ७०० घाइते भएको तथ्यांक छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै